Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • बंगलादेशविरुद्ध नेपालको कमजोर सुरुवात, १० ओभरमा गुमायो तीन विकेट

    बंगलादेशविरुद्ध नेपालको कमजोर सुरुवात, १० ओभरमा गुमायो तीन विकेट

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 402
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले तीन विकेट गुमाउँदै कमजोर सुरुवात गरेको छ ।

    नेपालले बंगलादेशविरुद्ध १० ओभरमा तीन विकेट गुमाउँदै ३५ रन बनाएको हो । नेपालका लागि विशालबिक्रम केसी अविजित तीन रन र देव खनाल एक रन बनाउँदै क्रिजमा छन् ।



    त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर बिपिन रावललाई गुमाएको थियो । उनी दुई रन बनाउँदै आउट भएका थिए । दोस्रो विकेटका रुपमा नेपालले आकाश त्रिपाठीलाई गुमाएको थियो ।



    उनी तीन रन बनाउँदै आउट भएका थिए । नेपालले तेस्रो विकेटका रुपमा ओपनर अर्जुन कुमाललाई १४ रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो ।

    नेपालले पहिलो विकेट गुमाउँदा १८, दोस्रो विकेट गुमाउँदा २८ र तेस्रो विकेट गुमाउँदा २९ रन बनाएको थियो । पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार