Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दुई जनामाथि धारिलो हतियार प्रहार गरी फरार छिरिङ पक्राउ

    दुई जनामाथि धारिलो हतियार प्रहार गरी फरार छिरिङ पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 774
    SHARES

    काठमाडौं । धारिलो हतियार प्रहार गरेर दुई जनाको ज्यान मार्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा काठमाडौं रामहिटी बस्ने २७ वर्षीय छिरिङ तामाङ (अनिश) रहेका छन् ।



    गत असोज २५ गते लौनचौको माखालातीमार्गस्थित निकेत राई र तेन्जिङ शेर्पालाई मोटरसाइकलबाट पिछा गर्दै आएका समूहले खुकुरी, खुडा र ढुंगा प्रहार गरेर फरार भएका भएका थिए ।



    खोजतलासको क्रममा गत बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तामाङलाई चाबहिलबाट बिहान ११ बजे पक्राउ गरेको थियो ।
    तामाङमाथि प्रहरीले थप अनुसन्धानको लागि प्रहरी वृत्त लैनचौरमा राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार