Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • वर्षमान पुनको चेतावनी-माओवादीलाई धेरै नजिस्क्याउनू, प्रहरी चौकी आक्रमणको नेतृत्व मैले गरेको हुँ

    वर्षमान पुनको चेतावनी-माओवादीलाई धेरै नजिस्क्याउनू, प्रहरी चौकी आक्रमणको नेतृत्व मैले गरेको हुँ

    आवश्यक परे फेरि जनयुद्ध लड्न तयार छौं, भ्रम फैलाउनेविरुद्ध भण्डाफोर गरौं

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले माओवादीलाई धेरै नजिस्क्याउन चेतावनी दिएका छन् ।

    २९ औं जनयुद्ध दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमा पुनले यस्तो चेतावनी दिएका हुन् । उनले जनयुद्ध स्वीकार नगर्नेहरुलाई माओवादीलाई धेरै नजिस्क्याउन चेतावनी दिए ।



    उनले जनयुद्ध दिवस मनाउन रोक लगाउने सर्वोच्च अदालतको फैसलाप्रति पनि असन्तुष्टि जनाए । जनयुद्धले ल्याएका उपलब्धिको उपभोग गरेर भ्रम फैलाउनेविरुद्ध भण्डाफोर गर्नुपर्ने उनको भनाई छ ।



    विरोधीका भ्रमहरु चिरेर इतिहासमा जनयुद्ध युगान्तकारी परिवर्तन ल्याउने आन्दोलन थियो भन्ने सत्य स्थापित गरेर छाड्न सफल हुने उनले विश्वास व्यक्त गरे ।

    आफूले २४ वर्षको छँदा ०५२ फागुन १ गते पहिलोपटक रोल्पाको होलेरी प्रहरी चौकी आक्रमणको नेतृत्व गरेको भन्दै पुनले आवश्यक परे फेरि अर्को जनयुद्ध लड्न तयार रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार