Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राजीतिक दल र नेतृत्वले नेपालमा केही हुँदैन भनेर जनतामा निराशा बाँड्न छाड्नुपर्छ : वर्षमान पुन

    राजीतिक दल र नेतृत्वले नेपालमा केही हुँदैन भनेर जनतामा निराशा बाँड्न छाड्नुपर्छ : वर्षमान पुन

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 519
    SHARES

    पोखरा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले राजीतिक दल र नेतृत्वले जनतामा निराशा बाँड्न छाड्नुपर्ने बताएका छन् ।

    पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको ११औं संस्करणको तेश्रो दिन शनिबार अर्थमन्त्री हुनुको अर्थ शीर्षक सेसनमा बोल्दै पुनले सो कुरा बताएका हुन् ।



    उनले मुलुकमा केही हुँदैन भनेर निराशा फैलाउन खोजिएको दाबी गरे ।



    गतवर्ष मात्र नेपालको अर्थतन्त्र श्रीलंकाको मोडलमा संकटमा जाने आधारहीन हल्ला चलाइएको भन्दै पुनले वर्तमान प्रचण्ड नेतृत्वको सरकार बन्दा ४ महिनाका लागि मात्र वस्तु र सेवाको आयात धान्न सक्ने वैदेशिक मुद्रा सञ्चिती रहेकामा हाल १२ महिनाका लागि आयात धान्न पुग्ने वैदेशिक मुद्राको सञ्चिती रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार