Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सभापति देउवा र महामन्त्री थापाबीचको छलफल निष्कर्षविहीन, उद्घाटनपछि पुनः बस्ने

    सभापति देउवा र महामन्त्री थापाबीचको छलफल निष्कर्षविहीन, उद्घाटनपछि पुनः बस्ने

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 564
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीचको छलफल फेरि निष्कर्षविहीन बनेको छ ।

    चुनावअघि गठबन्धन गर्न नहुने महामन्त्री थापाको प्रस्तावमा सहमति खोज्न सभापति देउवा र महामन्त्री थापा सोमबार बिहानैदेखि बूढानीलकण्ठमा छलफलमा बसेका थिए । सो छलफल निष्कर्षविहीन टुंगिएको हो ।



    महासमिति बैठकको उद्घाटन सत्रपछि फेरि छलफल गर्ने तय भएको छ । महामन्त्री थापाको प्रस्तावमा रहेको गठबन्धन नगर्ने, काग्रेस कार्यकर्ता र शुभेच्छुकले रुख चिह्नबाहेक अन्यत्र भोट हाल्न नपर्नेलगायत बुँदामा सभापति देउवासहित उनको टिममा रहेका उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महतलगायत नेताले सो विषयमा असन्तुष्टि जनाएका हुन् ।



    यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा पनि देउवाको असन्तुष्टि छ । उनले शर्माले प्रस्तावमा उल्लेख गरेको कोशी प्रकरणको प्रसंग हटाउनुपर्ने माग गरेका छन् ।

    सोमबार दिउँसो १ बजेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक सुरू हुँदैछ । सभापति देउवाले बैठक उद्घाटन गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार