Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • कांंग्रेस-माओवादी निर्णयले सत्ता गठबन्धनमा दरार

    कांंग्रेस-माओवादी निर्णयले सत्ता गठबन्धनमा दरार

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 930
    SHARES

    काठमाडौं । सत्ता साझेदारीमा रहेका मुख्य दुई राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पछिल्लो बैठकको निर्णयले वर्तमान सत्ता गठबन्धनमा दरार उत्पन्न भएको छ ।

    गठबन्धनको मुख्य सहयात्री कांग्रेसको महासमिति बैठक र सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निर्णयले गठबन्धनभित्रै आपसी संशय उत्पन्न भएको हो ।



    गत फागुन ७ देखि १० गतेसम्म चलेको कांग्रेस महासमिति बैठकबाट पारित आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने र हिन्दु राज्य घोषणाको विषयलाई नेतृत्वले सकारात्मक लिएको विषयमा माओवादी रुष्ट बनेको छ।



    कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगन थापाको प्रस्तावलाई पारित गर्दै कांग्रेसले आफ्नै ताकतमा एक्लै चुनाव लड्ने हैसियत निर्माण गर्ने निर्णय गरेको थियो।

    पार्टी उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापाले पेस गरेको नीति तथा सांगठनिक प्रस्तावमा उल्लिखित गठबन्नधको सवाल, १० वर्षे सशस्त्र द्वन्द्व भन्ने शब्द र महासमिति सदस्यहरुले हिन्दु राष्ट्र घोषणाका पक्षमा गरेको हस्ताक्षर संकलनलगायत विषयलाई प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सच्याउन आग्रह गरे ।

    कांग्रेसको प्रतिवेदनमाथि माओवादीको हस्तक्षेपसमेत हुन थालेकोप्रति कांग्रेसको संस्थापन इतर समूहले आपत्ति जनाएको छ। नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार