Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नियमित रूपमा जाँडरक्सी खानेलाई खोजी-खोजी सम्मान !

    नियमित रूपमा जाँडरक्सी खानेलाई खोजी-खोजी सम्मान !

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 2.2K
    SHARES

    तानसेन । सुन्दा अचम्म लाग्न सक्छ, जाँडरक्सी खानेलाई खोजी खोजी सम्मान । हाम्रो समाजमा जाँडरक्सी खानेलाई गाली गरिन्छ । प्रहरीले पक्राउ गर्छ र थाना चौकीमा लैजान्छ । उसलाई थुन्छ । कानुनी कारबाही गर्छ । तर, पाल्पामा भने ठीक उल्टो गरिएको छ ।

    नियमित रूपमा जाँडरक्सी खाने व्यक्तिलाई खोजीखोजी सम्मान गरिएको छ । रिब्दीकोट गाउँपालिकाले पालिकाभरीका नियमित रूपमा जाँडरक्सी खाने ६० जनालाई गाउँपालिकाकै कार्यालयमा जम्मा गरी टिका, फूलमाला लगाएर र पोसाक वितरण गरी सम्मान गरेको छ ।



    रिब्दीकोट गाउँपालिका १ ख्याहाका एक पुरुष रक्सी खाएरै श्रीमतीसहित गाउँपालिकाको सभाहलमा छिरे । आफू जस्तै नियमित रक्सी खाएर हिँड्ने दर्जनौं व्यक्तिलाई गाउँपालिकाले टीका, फूलमालासहित पोसाकबाट सम्मानित गरेको देख्दा उनी निकै खुसी देखिए । मञ्चमा गए ।



    रक्सीको नसाले आफूलाई बहुला बनाएको गीत उनले गाए । कक्षा ८ मा पढ्दै गरेको छोरीलाई सम्झिए र भने, ‘छोरी अब चिन्ता नलिउ, मैले आजदेखि रक्सी खान छोडें । तिमीलाई चाहेजति पढाउने प्रतिबद्धता जनाएँ ।’ सम्मानित भएका सबै रक्सी खानेहरूले ताली पिटे । मञ्चमा बसेका अतिथिहरूले समेत आँसु झारे ।

    रिब्दीकोट ३ खस्यौलीका अर्का पुरुषले पालिकाको सम्मान कार्यक्रममा आउँदासम्म बिहानदेखि ३ गिलास रक्सी खाइसकेका थिए । गाउँपालिकामा प्रहरीहरू देख्दा आफूलाई पक्राउ गर्न बोलाएको हो कि जस्तो सन्तलाई लागेको थियो ।

    तर, रक्सीकै नसामा पनि गाउँपालिकाले फूलमालाले सम्मान गरेपछि उनको दिमागमा केही हलचल भयो । ‘साथीभाइको संगतले रक्सी खान सिकियो, रक्सीले त हाम्रो जीवनै बर्बाद पारेको रहेछ ।’ आजैदेखि रक्सीको मात्रा घटाएर छोड्ने उनले मञ्चमै पुगेर वाचा गरे । अन्नपूर्ण पोस्टबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार