Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेदरल्यान्ड्सविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल

    नेदरल्यान्ड्सविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 561
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

    टियु क्रीकेट मैदानमा नेपालविरुद्ध नेदरल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।



    आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ ।यसअघिका ३ खेलमध्ये २ मा हार र १ मा जित निकालेको नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो ।



    सिरिजमा नेपालले यसअघि नामिबिया र नेदरल्याण्डसँग समान १–१ हार बेहोरेको छ ।

    यसबाहेक, हिजै सम्पन्न खेलमा भने नामिबियाविरुद्ध ३ रनको रोमाञ्चक जित निकालेर २ अंक बटुल्दै प्रतियोगिताको दोस्रो स्थानमा छ ।

    सिरिजको २ खेलमा शतप्रतिशत जित निकाल्दै ४ अंक बटुलेको नेदरल्याण्ड्सविरुद्ध जित निकालेमा नेपालको फाइनल यात्राको सम्भावना बलियो बन्नेछ ।

    आजको खेलमा नेपालले हार बेहोरेको खण्डमा भने फाइनल पुग्न नेदरल्याण्ड्स र नामिबियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार