Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेदरल्यान्ड्समाथि नेपाली बलर हावी, नेदरल्यान्डले गुमायो ६ विकेट

    नेदरल्यान्ड्समाथि नेपाली बलर हावी, नेदरल्यान्डले गुमायो ६ विकेट

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 438
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको निर्णायक खेलमा नेपालले १० ओभरमा नेदरल्यान्ड्सको ६ विकेट लिएको छ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सका ६ ब्याटरलाई नेपालका बलर करण केसी, प्रतिश जिसी र कुशल मल्लले पेभेलियन फर्काएका हुन्।



    १० औं ओभरको खेलमा स्पिनर कुशल मल्लले दुई विकेट लिए । ओभरको पाचौं र छैटौ बलमा उनले लगातार विकेट लिएका हुन्।



    पाचौं बलमा नोह कोरेसलाई अविनाश बोहराको हातबाट क्याच आउट गराएका कुशलले छैटौं बलमा आर्यन दत्तलाई बोल्ड गरे ।

    १० ओभरभित्र ६ विकेट गुमाउँदै नेदरल्यान्ड्स संकटमा परेको छ । यसअघिको ओभरमा प्रतिश जिसीले २ विकेट लिँदै नेदरल्यान्ड्सलाई ब्याकफुटमा पुर्याएका थिए ।

    करण केसीले पहिलो ओभरमा दुई विकेट लिँदै दिलाएको उत्कृष्ट सुरुवातलाई अन्य बलरले निरन्तरता दिएका हुन् ।

    यो समाचार तयार पार्दासम्म नेदरल्यान्ड्सले १० ओभरमा ६ विकेट गुमाउँदै ६० रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार