Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालको कसिलो बलिङमा १२० रनमै समेटियो नेदरल्यान्ड्स

    नेपालको कसिलो बलिङमा १२० रनमै समेटियो नेदरल्यान्ड्स

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 477
    SHARES

    काठमाडौं । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सले जितका लागि नेपाललाई १२१ रनको सामान्य लक्ष्य दिएको छ ।

    नेपाली बलर चम्किएपछि कीर्तिपुरस्थित मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्स १९.३ ओभरमै अलआउट भएको हो ।



    नेदरल्यान्डलाई सस्तोमा समेट्न नेपालका प्रतिश जिसीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका प्रतिशले १३ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए । करण केसी र कुशल मल्ले २–२ र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।



    करण केसीले पहिलो ओभरमा दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि नवौँ ओभरमा प्रतिश र दसौँ ओभरमा कुशलले २–२ लिए ।

    प्रतिशले १५ ओभरका एक विकेट लिँदा १८औं ओभर दीपेन्द्रको बलिङमा नेदरल्यान्डले दुई विकेट गुमाएको हो ।

    अन्तिम ओभरको तेस्रो बलमा आशिफ शेखले भान देर मेर्वीलाई रन आउट गरेपछि नेदरल्याण्ड्स १२० रनमा समेटिएको हो।

    ब्याटिङमा नेदरल्यान्डका म्याक्स ओ डाउडले ३१ रन बनाए । टिम भान डर गुग्टेन २४, स्कट एडवाड्र्स १८, तेजा निदामानुरु ५, नोआ क्रोस ३, माइकल लेभिट ४, भिभिएन किंग्मा ४, काइल क्लाइन १, आर्यन दत्त र साइब्रान्ड एंगलब्रेक्ट शुन्य रनमा आउट भए । रोलफ भान डर मव २३ रनमा अविजित रहे ।

    आजको खेलमा डच ब्याटरविरूद्ध नेपाली बलर हाबी भएको थियो। नेपालको कसिलो बलिङमा नेदरल्याण्ड्सका अधिकांश ब्याटर निरीह साबित भए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार