Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • त्रिदेशीय टी–२० शृङ्खला

    पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा, भुर्तेलको घातक बलिङ !

    पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा, भुर्तेलको घातक बलिङ !

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । पपुवा न्युगिनी (पीएनजी) लाई हराउँदै नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ ।

    हङकङको टिन कोङ मैदानमा भएको खेलामा नेपालले पीएनजीलाई ८५ रनले हराएको हो । नेपाल दिएको १९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा १ सय १३ रन बनाउँदा अलआउट भयो ।



    उसका हिरी हिरीले सर्वाधिक २८ रन बनाए । यस्तै, टोनी उराले १३ र सेसे बाउले २१ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार, प्रतिश जिसीले दुई तथा आकास चन्द र गुल्शन झाले एक एक विकेट लिए ।



    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका सन्दिप जोराले ५६ रन बनाए । यस्तै, कुशल भुर्तेलले ५९ रन बनाए भने विवेक यादवले ४ बलमा १९ रन बनाए ।

    त्यस्तै गुल्सन झा १५ रनमा नटआउट रहे । कप्तान रोहित पौडेल एक, विनोद भण्डारी २७, आरिफ शेख ४ र लोकेश बम १४ रनमा आउट भए । पीएनजीका असद भालाले २ विकेट लिए । फाइनल खेल भोलि हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार