Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पपुवा न्युगिनीलाई नेपालले दियो १९९ रनको लक्ष्य

    पपुवा न्युगिनीलाई नेपालले दियो १९९ रनको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 486
    SHARES

    काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पीएनजी) लाई नेपालले १९९ रनको लक्ष्य दिएको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको हो ।



    नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेलेका छन् ।



    भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए । जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए ।

    विनोद भण्डारी २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए ।

    लोकेश बम १४ रनमा रन आउट भए । विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे । गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे ।

    पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले एक-एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार