Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ह्वाट्सएपमा आईजीको तस्बिर राखेर १३ लाख ठग्ने तीन जना पक्राउ

    ह्वाट्सएपमा आईजीको तस्बिर राखेर १३ लाख ठग्ने तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । ह्वाट्सएपमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको तस्बिर राखेर पैसा असुल्ने तीन जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

    पक्राउ पर्नेमा झापाको मेचीनगर-६ का सविन मैनाली, वडा नम्बर-१० का शुभम मैनाली र सुनसरीको धरान -३ का आशिका बराइली रहेका छन् ।



    उनीहरुले सप्तरीको राजविराजका एक व्यक्तिलाई ९२३२५०१६९१३५ नम्बरको ह्वाट्सएप आईडीबाट फोन गरी सो समूहले ‘तिम्रो छोरा हाम्रो नियन्त्रणमा छ’ भन्दै रकम मागेका थिए ।



    रकम नपठाए छोरालाई मारिदिने धम्की दिएपछि विभिन्न बैंकको फरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गराएका थिए । जम्मा गरिएको सो रकम धम्की दिने समूहले उठाएका थिए ।

    यो घटनाको अनुसन्धानमा जुटेको प्रहरीले तीन जनालाई आइतबार नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार