Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अविनाशले लिए नेदरल्यान्ड्सको तेस्रो विकेट

    अविनाशले लिए नेदरल्यान्ड्सको तेस्रो विकेट

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 537
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको तेस्रो विकेट गएको छ ।

    १५.२ ओभमा अविनाश बोहराले विक्रमजित सिंहलाई व्यक्तिगत २९ रनमा कुशल मल्लको हातबाट क्याच आउट गरेका हुन् ।



    उनी आउट हुँदा नेदरल्याण्ड्सको १३३ रन छ । यसअघि नवौं ओभरमा कुशल मल्लले एकै ओभरमा दुई विकेट लिएका थिए ।



    नवौं ओभरमा बलिङमा आएका उनले पहिलो बलमा नै म्याक्स ओडाउडलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए ।

    ओडाउड व्यक्तिगत २३ रनमा आउट भएका हुन् । त्यसपछि पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलको हातबाट क्याच गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार