Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो त्रिदेशीय टी–२० श्रृंखला

    नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो त्रिदेशीय टी–२० श्रृंखला

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 645
    SHARES

    काठमाडौं । नेदरल्यान्ड्सले घरेलु टोली नेपाललाई हराउँदै त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको उपाधि जितेको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले हराएको हो ।



    नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ४ विकेट गुमाएर रन १८९ बनाउँदै पूरा गर्यो ।



    नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।

    स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए ।

    म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए । कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन्।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार