Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माधव नेपालसँगको छलफल सकारात्मक भयो : रमेश लेखक

    माधव नेपालसँगको छलफल सकारात्मक भयो : रमेश लेखक

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 426
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेकपा एकीकृत समाजवादीसँगको छलफल सकारात्मक भएको बताएका छन् ।

    बुधबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पछिल्लो विकसित राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो।



    छलफल सकारात्मक रहेको सचेतक लेखकले बताए । उनले सकारात्मक छलफल भएकाले छलफल र भेटघाटलाई निरन्तरता दिने बताए ।



    सचेतक लेखकले भने,‘अहिलेको तत्काल परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । छलफल सकारात्मक भएको छ । छलफललाई निरन्तरता दिन्छौँ । हामीले हाम्रो आधिकारित धारणा राखिसकेको छ । कांग्रेसको धारणा अहिलेलाई त्यही हो । पूर्वप्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो । यसलाई निरन्तर दिन्छौँ । सबै राजनीतिक दलसँग छलफल भइरहेको छ।’

    प्रमुख सचेतक लेखकले अहिले सबै राजनीतिक दलसँग छलफल भइरहेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार