Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रचण्डलक्षित कांग्रेस सभापति देउवाको टिप्पणी – धोकेबाजको औषधि छैन

    प्रचण्डलक्षित कांग्रेस सभापति देउवाको टिप्पणी – धोकेबाजको औषधि छैन

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 432
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धोकेबाजको संज्ञा दिएका छन् ।

    संसद् भवन नयाँ बानेश्वरमा बिहीवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।



    सभापति देउवाले प्रचण्डले नै गठबन्धनका साझेदार दललाई धोका दिएको आरोप लगाए । सभापति देउवाले भने, ‘प्रचण्डले धोका दिए, धोकेबाजको औषधि छैन।’



    पाँच वर्ष नै गठबन्धन चलाउने आफ्न प्रतिबद्धतामा प्रचण्ड अडिन नसकेको देउवाले आरोप लगाए ।

    सभापति देउवाले प्रचण्डले दिएको धोकाबारे आफूसँग भन्ने शब्द नै नरहेको बताए।

    कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार