Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा काका-भतिजाको मृत्यु

    मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा काका-भतिजाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 540
    SHARES

    फाइल तस्विर

    सुनसरी । सुनसरीको इटहरीमा शुक्रबार राति मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा दुई जनाको मृत्य भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका छन् ।



    मृतकहरू काका भतिजा हुन् । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो ।



    ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार