Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ब्रेन्टफोर्डलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आर्सनल

    ब्रेन्टफोर्डलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आर्सनल

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 336
    SHARES

    एजेन्सी । आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा फर्किएको छ । गएराति ब्रेन्टफोर्डलाई २-१ गोलले पराजित गर्दै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा फर्किएको हो ।

    इमिरेट्समा १९ औं मिनेटमा डेक्लान राइसले गोल गर्दै आर्सनललाई सुरूवाती अग्रता दिलाएका थिए ।



    पहिलो हाफको अन्तिम समयमा ब्रेन्टफोर्डका योआन विस्साले गोल फर्काएपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो।



    दोस्रो हाफको ८६ औं मिनेटमा काइ हाभर्त्जले गोल गर्दै आर्सनलको जित सुनिश्चित गरेका हुन्। जित सँगै शीर्षस्थानमा पुगेको आर्सनलको ६४ अंक छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार