Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना हो, कारबाही हुनुपर्छ : राजेन्द्र लिङ्देन

    पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना हो, कारबाही हुनुपर्छ : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 735
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठ माथि आक्रमण हुनु अपराधिक घटना भएको प्रतिक्रिया दिएका छन् ।

    केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले यस्तो प्रतिक्रिया दिएका हुन् ।



    आइतबार पार्टी कार्यालयमा पार्टीको बैठक चलिरहँदा केही युवाहरुको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्षभित्र श्रेष्ठमाथि हातपात गरेका थिए ।



    अध्यक्ष लिङ्देनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना भएको बताउँदै पार्टीले दोषीउपर कारबाही हुनुपर्ने निर्णय गरेको पनि जानकारी दिए ।

    उनले पार्टीले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार