Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

    सुनसरीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 309
    SHARES

    फाइल तस्विर

    सुनसरी । सुनसरीको इटहरीमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा इटहरी उपमहानगरपालि –२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेकी छन् ।



    कोशी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र१–०२–०४०प ४४८३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको थियो ।



    दुर्घटनामा गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    पैदलयात्री वृद्धाको तीव्रगतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    सोही मोटरसाइकलकको ठक्करले ५८ वर्षीय गोविन्दबहादुर बोहोरा घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

    मोटरसाइकल चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार