Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुन तस्करीमा सहसचिव अधिकारीलाई कारबाही गर्न सिफारिस

    सुन तस्करीमा सहसचिव अधिकारीलाई कारबाही गर्न सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 552
    SHARES

    काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

    सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो ।



    दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।



    त्यसपछि उनले छिरिङलाई पानी तान्ने पम्प जस्तो फोटोहरू पठाएको फेला परेको थियो ।

    आयोग स्रोतका अनुसार, पानी तान्ने पम्पभित्र समेत लुकाएर सुन तस्करी भएको आशंका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार