Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डसँग आईसीसीका अध्यक्ष्यको शिष्टाचार भेट

    प्रधानमन्त्री प्रचण्डसँग आईसीसीका अध्यक्ष्यको शिष्टाचार भेट

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 318
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग क्रिकेट काउन्सिल (आइसीसी)का अध्यक्ष जर्ज बार्कले शिष्टाचार भेट गरेका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र बार्कलीबीच बुधबार भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको हो ।



    भेटमा प्रधानमन्त्रीले आईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताएका थिए ।



    अध्यक्ष बार्कलीले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने बताएका थिए।

    भेटमा नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल र नेपाल क्रिकेट संघका पदाधिकारीको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार