Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आज चैत १० गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    आज चैत १० गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 2K
    SHARES

    काठमाडौं । आज २०८० साल चैत १० गते शनिबारको राशिफल ।

    मेष



    आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ ।



    मिथुन

    अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

    सिंह

    ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

    तुला

    आज शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । शुभ कार्यमा सरिक भइनेछ । आँटेको र ताकेको कार्य पनि पुरा होला ।

    धनु

    आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन पनि कसिने बेला छ ।

    कुम्भ

    आज साथी भाइसँग समय बित्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला ।

    बृष

    सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला । प्रेममा पनि वाधा आउनसक्छ, तर शुभकार्यको चर्चा भने चल्नेछ ।

    कर्कट

    आज सांस्कृतिक कार्यमा सरिक भइने छ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ ।

    कन्या

    आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ ।

    बृश्चिक

    आजको दिन सामान्य नै रहनेछ । लत्ता कपडामा बढी धन खर्च हुने र सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

    मकर

    आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । झैझमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला, तर सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

    मीन

    आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार