Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आज चैत १३ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    आज चैत १३ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । आज २०८० साल चैत १३ गते मंगलबारको राशिफल ।

    मेष



    सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ ज्ञान सिक्ने मौका र रोजगारको अवसर मिल्नेछ ।



    मिथुन

    आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । शेयर बजारले पनि साथ नदेला ।

    सिंह

    आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ, तर शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

    तुला

    उच्च महत्वकाङ्क्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती र झमेला आउने देखिन्छ, तर आफन्त बाट साथ र सहयोग मिल्नेछ ।

    धनु

    आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ ।

    कुम्भ

    निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

    बृष

    आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

    कर्कट

    आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।

    कन्या

    आजको दिन लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

    बृश्चिक

    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्मकर्ममा मन पनि लाग्नेछ ।

    मकर

    कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा पनि हुनसक्छ ।

    मीन

    रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार