Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • निर्वतमान अर्थमन्त्री महतसँग मेरो ‘ट्युनिङ’ नै मिलेन : प्रधानमन्त्री प्रचण्ड

    निर्वतमान अर्थमन्त्री महतसँग मेरो ‘ट्युनिङ’ नै मिलेन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 513
    SHARES

    हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिको सरकारमा अर्थमन्त्रीसँग तालमेल नमिल्दा देशको अर्थतन्त्रले सही दिशा समात्न नसकेको बताएका छन्।

    निर्माण व्यवसायी महासंघको २५ औँ साधरणसभालाई हेटौंडामा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले सरकारले एउटा बाटो लिएको अवस्थामा तत्कालीन अर्थमन्त्री प्रकाश शरण महतले सहयोग नगरेको उल्लेख गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘अघिल्लो सरकारमा प्रधानमन्त्री एकातिर कुद्ने अर्थमन्त्री अर्कोतिर कुद्ने कमले काम हुन सकेको थिएन,तर यो पटक कुरा मिलेको छ अब निर्माण व्यवसायीको बक्यौता रकम रोकिन्न ।’

    आफू देशमा अर्थतन्त्र खस्किएको अवस्थामा नेतृत्वमा आएको तर आफ्नो अर्थतन्त्रलाई दबाबमुक्त बनाउन आफू र तत्कालीन अर्थमन्त्रीको ट्युनिङ नमिलेको कारण अप्ठ्यारोमा परेको बताए।

    देशको अर्थतन्त्रले अहिले आएर सही दिशा समातेको बताउँदै उनले अर्थतन्त्रलाई दबाबमुक्त बनाउने तर्फ सरकारको ध्यान गएको प्रधानमन्त्रीको भनाइ छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार