Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सत्ता गठबन्धन बन्ने शेखर कोइरालाको दाबी

    कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सत्ता गठबन्धन बन्ने शेखर कोइरालाको दाबी

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 465
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केही महिनाभित्रै नयाँ सत्ता समीकरण टुट्ने दाबी गरेका छन् ।

    काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारणसभामा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।



    नेता कोइरालाले कांग्रेस नेतृत्वमा छिट्टै नयाँ सत्ता गठबन्धन बन्ने दाबी गरे। नेता कोइरालाले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताए।



    नेता कोइरालाले भने,‘गठबन्धन बन्ने र भत्किने कुराले देश चाहिँ बन्दैन । यसलाई रोक्न निर्वाचन प्रणालीमै सुधार गर्नुपर्छ । राष्ट्रियसभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरेमात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास निर्माणको कामले गति लिनसक्छ ।’

    उनले गठबन्धनको टुटफुटको शृंखला केन्द्रबाट नभई सातवटा प्रदेशबाट सुरू हुने बताए । कोइरालाले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल भएका कारण सत्तामा जाने ‍प्रयास गरिराख्ने बताए।

    कांग्रेसले विपक्ष भएकोले सत्तामा जान कोसिस गरिराख्ने र त्यो छिट्टै सफल हुने नेता कोइरालाको जिकिर थियो।

    नेता कोइरालाले अहिले नयाँ सत्ता समीकरणले केन्द्रपछि प्रदेशमा सोहीअनुसारको सरकार बन्दै जाने उल्लेख गरे । नेता कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर नजाने अडान दोहोर्‍याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार