Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पुनः राजनीतिमा फर्किए भारतीय अभिनेता गोविन्दा

    पुनः राजनीतिमा फर्किए भारतीय अभिनेता गोविन्दा

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 369
    SHARES

    एजेन्सी । भारतीय अभिनेता गोविन्दा पुनः एकपटक राजनीतिको हिस्सा बनेका छन्।

    उनी त्यहाँको महाराष्ट्र राज्यका मुख्यमन्त्री एकथना शिंदेको दल शिवसेना प्रवेश गरेका हुन् ।



    यसअघि उनीसँग कांग्रेसबाट चुनाव लडेको अनुभव छ । गोविन्दा ४३ वर्षको उमेरमा औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका थिए ।



    उनले आफू १४ वर्षको वनबासपछि राजनीतिमा फर्किएको पार्टी प्रवेश कार्यक्रममा बताए। उनले आसन्न लोकसभा चुनाव लड्न सक्ने अनुमान गरिएको छ।

    बिहीबार महाराष्ट्र राज्यका सीएम शिन्देले पार्टी सदस्यता दिलाए । उक्त अवसरमा चुनावको टिकटका लागि गोविन्दा पार्टी प्रवेश नगरेको अभिव्यक्ति शिन्देले दिएका थिए ।

    तर सन् २०१६ मा राजनीतिमा लाग्ने आफ्नो कुनै इच्छा नभएको अन्तर्वार्ता उनले दिएका थिए ।

    सन् २००४ मा गोविन्दाले उत्तरी मुम्बईबाट चुनाव लडेका थिए । उनले त्यतिबेला कांग्रेसबाट चुनाव जितेर २००९ सम्म सांसद रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार