Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकदिवसीय खेलमा आयरल्याण्डसँग नेपाल २२ रनले पराजित

    एकदिवसीय खेलमा आयरल्याण्डसँग नेपाल २२ रनले पराजित

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 312
    SHARES

    काठमाडौं । कमजोर ब्याटिङसँगै नेपाल पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्याण्डसँग २२ रनले पराजित भएको छ ।

    १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमा अल आउट भयो ।  नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।



    देव खनाल २२ बलमा ४ चौकासहित २६ रनमा आउट भए ।नेपाललाई ओपनर अर्जुन कुमाल र देव खनालले ५ ओभरमा ३५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।



    लियाम म्याकार्थीको बलमा सर्ट कभरमा देव केडबाट क्याच आउट भएपछि नेपालले नाटकीय रुपमा विकेट गुमाएको थियो । यसै ओभरको अन्तिम बलमा अर्जुन कुमाल थर्डम्यानमा ९ रनमा क्याच आउट भए ।

    नेपालको सिनियर टोलीका प्रमुख ब्याटर भीम सार्की शून्यमा एज लागेर अर्को ओभरमा क्याच आउट भए । त्यसै ओभरमा म्याथ्यु हम्फ्रेजले आरिफ शेखलाई शून्यमा विकेटकिपरबाट आउट गरेपछि नेपाल ७ ओभरमा ४१/४ को अवस्थामा पुगेको थयो ।

    विनोद भण्डारी ९, अर्जुन साउद ४ र कमलसिंह ऐरी ६ रनमा आउट भएपछि नेपाल १२.१ ओभरमा ७८/७ को अवस्थामा पुगेको थियो । बसिर अहमद २१ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए ।

    साहब आउट भएपछि नेपाललाई जित्नलाई २३ रन चाहिँएको थियो । मौशम र रिजन ढकालको रन लिनेक्रममा तालमेल नमिलेपछि मौशम रन आउट भएका थिए । रिजन १२ रनमा नट आउट रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार