Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आयरल्याण्ड वुल्भ्सविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

    आयरल्याण्ड वुल्भ्सविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 456
    SHARES

    काठमाडौं । नेपालले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्याण्डविरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

    त्रिवि क्रिकेट मैदानमा आयरल्याण्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।



    नेपालले आज रुपेशसिंह, विकाश आग्री, रञ्जित कुमार र अर्जुन कुमाललाई खेलाएको छ । पछिल्लो खेलबाट आरिफ शेख, बसिर अहमद, मौसम ढकाल र कमलसिंह ऐरी बेन्चमा छन् ।



    नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो ।

    दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा अल आउट भएको थियो । पहिलो खेलमा म्याथ्यु हम्फ्रेजले ५ र दोस्रोमा ६ विकेट लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार