Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • नेपाल विरुद्धको एकदिवसीय शृङ्खला आयरल्याण्डद्वारा ‘क्लिन स्विप’

    नेपाल विरुद्धको एकदिवसीय शृङ्खला आयरल्याण्डद्वारा ‘क्लिन स्विप’

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 312
    SHARES

    काठमाडौं । अर्जुन कुमालको शतकको बाबजुद नेपाल ए तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आयरल्याण्डसँग ६९ रनले पराजित भएको छ ।

    योसँगै तीन खेलको सिरिजमा नेपाल ए ले ‘क्लिनस्विप’को हार व्यहोरेको हो ।



    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रन बनाएको थियो ।



    जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ३९.४ ओभरमा अलआउट हुनुअघि दुई सय १५ रनमात्र बनाउन सक्यो ।

    नेपालका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले उत्कृष्ट शतकीय पाली खेले । उनले पेभेलियन फर्किनुअघि एक सय दुई रन बनाए ।

    उनले एक सय १८ बलको सामना गरी १४ चौका पनि प्रहार गरेका थिए । त्यसअघि उनले एक सय १४ बलमा आफ्नो शतक पुरा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार