Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आयरल्याण्ड वुल्भ्ससँग सिरिजको अन्तिम खेल खेल्दै नेपाल

    आयरल्याण्ड वुल्भ्ससँग सिरिजको अन्तिम खेल खेल्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 306
    SHARES

    काठमाडौं । ‍नेपाल र आयरल्याण्ड वुल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुँदैछ।

    त्रिवि मैदानमा बिहान साढे ९ बजेदेखि खेल सुरू हुनेछ। नेपालले सिरिज गुमाइसकेको भएपनि क्लिन स्विपबाट जोगिनका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ।



    नेपाल सिरिजको पहिलो खेलमा २१ रनले पराजित हुँदा दोस्रो खेलमा ११४ रनको लज्जास्पद हार ब्यहोरेको थियो। दोस्रो खेलमा नेपाल ६० रनमै अलआउट भएको थियो।



    क्लिन स्विप हुनबाट जोगिन आजको खेलमा नेपालले जित्नुपर्ने दबाब छ। टी-२० सिरिजमा पनि अन्तिम खेलमा नेपाल विजयी हुँदै क्लिन स्विपबाट जोगिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार