Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपालको लज्जास्पद हार, अन्तिम खेलअघि नै गुमायो सिरिज

    आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपालको लज्जास्पद हार, अन्तिम खेलअघि नै गुमायो सिरिज

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 375
    SHARES

    काठमाडौं । नेपालले आयरल्याण्ड वुल्भ्सविरूद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तिम खेलअघि नै गुमाएको छ।

    लज्जास्पद ब्याटिङसँगै नेपाल आयरल्याण्डसँग ११४ रनको फराकिलो हार व्यहोरेको हो । आयरल्याण्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ६० रनमै अलआउट भयो।



    लगातार विकेट गुमाएको नेपाल भीम सार्कीले १७ रन र कप्तान विनोद भण्डारीले १६ रन जोड्दा बाँकी ९ ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।



    ओनपर देव खनालसहित पाँच ब्याटरले खाता नै खोल्न सकेनन्। बलिङमा आयरल्याण्डका म्याथ्यु हाफ्रीले ६ विकेट लिए।

    उनले ४.५ ओभरमा १ मेडन राख्दा ८ रन मात्र खर्चिए। नेपाली ब्याटरमाथि हाबी भएका उनले अर्जुन साउद, भीम सार्की, आरिफ शेख, रिजन ढकाल, शाहब अलाम र मौसम ढकाललाई आउट गरे।

    त्यसअघि त्रिवि मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनायो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार