Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राप्रपा सांसदलाई एमाले अध्यक्ष ओलीको आग्रह – गण्डकीमा साथ दिनुस्, जे गर्नुपर्छ तयार छौं

    राप्रपा सांसदलाई एमाले अध्यक्ष ओलीको आग्रह – गण्डकीमा साथ दिनुस्, जे गर्नुपर्छ तयार छौं

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 789
    SHARES

    पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन सहयोग मागेका छन् ।

    गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन निर्णायक राप्रपाका नेताहरूसँग एमाले अध्यक्ष ओलीले सरकार बनाउन सहयोग मागेका हुन् ।



    चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेपछि गण्डकीमा नयाँ सरकार बन्न सकस भइरहेको छ ।



    अध्यक्ष ओलीले शुक्रबार पोखराको माउण्ट कैलाश रिसोर्टमा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसँग वार्ता गरेका छन् । राप्रपाले सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्न सक्ने संकेत गरेपछि एमाले–माओवादी गण्डकीमा सशंकित छ ।

    अध्यक्ष ओलीले यसअघि खगराज अधिकारी नेतृत्वको सरकारमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीसमेत रहेका तमुलाई भेटेर गठबन्धनलाई सहयोग गर्न र मिलेन जान आग्रह गरे।

    अध्यक्ष ओलीले भेटेर यसअघि पनि सँगै बस्दा गण्डकीमा धेरै राम्रो काम भएको र अब पनि मिलेर जाँदा धेरै काम हुन सक्ने बताएको पञ्चरामले बताए । ओलीले सहकार्यको आग्रह मात्रै गरेनन्, बरु जे–जे गर्दा मिलेर जान सक्ने वातावरण बन्छ, त्यो गर्न तयार रहेको बताए ।

    एमाले गण्डकीका नेताहरूले यसअघि राप्रपालाई मुख्यमन्त्री नै पनि दिन तयार रहेको बताएका थिए । ओलीले देशलाई अहिलेको जटिलताबाट निकाल्नुपर्ने बताएका थिए । त्यसका लागि एक भएर जानुको विकल्प नभएको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार