Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भत्काइँदै २० करोडका सडकबार

    भत्काइँदै २० करोडका सडकबार

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 2.7K
    SHARES

    बैतडी । साँघुरा सडक चौडा पार्न आएको आठ करोड रुपियाँ खर्च गर्न २० करोड रुपियाँमा जडान गरिएका सडक स्टिलबार (स्टिल क्रस बेरियर) भत्काउन थालिएको छ ।

    सडकको मोड सुधार्न भित्ता खार्नुपर्नेमा मुख्य सडकमा लगाइएका स्टिलबार र कालोपत्रे भत्काउँदा दुर्घटनाको थप जोखिम बढेको छ ।



    शुक्रबार बैतडी–बझाङ जोड्ने जयपृथ्वी मार्गको पाटन नगरपालिका–८, झौलेकनजिक ट्याक्टर दुर्घटना हुँदा चालक राजेश चौधरी र स्थानीय मानसिंह विष्ट (मन्धिर) को मृत्यु भएको छ ।



    दुर्घटनामा परेको से२त ३६७८ नम्बरको ट्याक्टरमा सवार पाटन–१०, पनालीका ५३ वर्षीय मानसिंह विष्ट (मन्धिर) र ट्याक्टर चालक कञ्चनपुरनिवासी ३५ वर्षीय राजेश चौधरीको घटनास्थलमै मृत्यु भएको पाटन–८ का वडाध्यक्ष हरिश विष्टले बताए ।

    सडक चौडा पार्ने नाममा बैतडीको खोड्पे–बझाङ सडकखण्डको सडकबार मात्रै नभई, यसअघि २०६६ सालमा गरिएको कालोपत्रेसमेत भत्काइएको वडाध्यक्ष विष्टले बताए ।

    पाँच वर्षअघि विश्व बैङ्कको सहयोगमा सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य लोकमार्गमा स्टिलबार जडान गरिएको थियो । गोरखापत्रबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार