Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एसीसी प्रिमियर कपका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा

    एसीसी प्रिमियर कपका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । ओमानमा हुने एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा भएको छ । एसियन क्रिकेट काउन्सिलले रोहित पौडेल कप्तान रहेको १४ सदस्यीय टोलीको सूची सार्वजनिक गरको हो ।

    नेपाली टोलीमा पौडेलसँगै कुशल भुर्तेल, सन्दीप जोरा, गुल्शन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अविनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजबंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह रहेका छन्।



    भारतमा भ्रमणमा जाँदा यही टोलीमा आकाश चन्दसमेत रहेका थिए। प्रिमियर कपमा भने उनी परेनन् । प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ ।



    प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा युएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् ।

    हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल हुँदै विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार