Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पुरानोकोट ‘होम स्टे’को प्रवेशद्वार उद्घाटन, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

    पुरानोकोट ‘होम स्टे’को प्रवेशद्वार उद्घाटन, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 975
    SHARES

    लम्जुङ । लम्जुङको पुरानोकोट ‘होम स्टे’ को प्रवेशद्वार उद्घाटन गरिएको छ । बुधवार जिल्लाको बेसिशहर नगरपालिका-४ स्थित पुरानोकोटमा निर्माण गरिएको ‘होम स्टे’को प्रवेशद्वार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

    स्वर्गीय पिता जगदीश न्यौपानेको स्मृतिमा छोरा सुनिल चन्द्र न्यौपाने र बुहारी मिना बर्तौला (न्यौपाने) ले पुरानोकोटमा निर्माण गरेको प्रवेशद्वारको गण्डकी प्रदेश सांसद डा. टकराज गुरुङले उद्घाटन गरेका हुन् ।



    नेपाली कांग्रेस लमजुङ जिल्ला सभापतिसमेत रहेका सांसद डा. गुरुङले उद्घाटन कार्यक्रममा बोल्दै पर्यटनको विकास नै लम्जुङ विकासको मुख्य आधार भएको बताए ।



    उनले प्रदेशबाट सो ठाउँको भौतिक विकासका लागि निरन्तर आफू लागि परेको बताए । ‘होम स्टे विकास सबै जनताको साथ चाहिन्छ,’ सांसद डा.गुरुङले भने, ‘हामी सहयोग गर्न तयार छौँ ।’

    यस्तै युवा मेडिकल व्यवसायी तथा समाज सेवी सुनिल चन्द्र न्यौपानेले आफूले एउटा सानो कार्य सुरुवात मात्र गरेको बताए । उनले ऐतिहासिक धार्मिक एवं पर्यटकीय सौर्न्दर्यताले भरिपूर्ण सो ठाउँमा सेवा गर्न पाउँदा आफूहरू सबै खुसी रहेको बताए ।

    ‘यहाँको कला संस्कृति एवं बुद्ध शान्ति स्तुपा हामी सबैको लागि महत्त्वपूर्ण छन्,’ उनले भने, ‘यस ठाउँको विकास नै हाम्रो लागि गौरवको कुरा हो ।’

    ‘तपाईंहरुलाई उपचार गर्न समस्या भयो भने हामीलाई सम्झनु होला,’ उनले भने, ‘तपाईँहरूको सुख दुःखमा साथमा रहने प्रतिवदता व्यक्त गर्दछौँ ।’ साथै नेपाली कांग्रेसका युवा नेता शिव रिमालले लम्जुङको विकासमा सबैको योगदान महत्त्वपूर्ण रहने कुरा बताए ।

    ‘होम स्टे’का अध्यक्ष एवं वडा सदस्य कन्याकासी गुरुङले यो ठाउँको विकासको गति अगाडि बढाउन डा. टकराज गुरुङ र सुनिल चन्द्र न्यौपानेले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइन् ।

    उक्त कार्यक्रममा सुन्दरबजार नगरपालिका वडा ३ का अध्यक्ष अमृत न्यौपाने, वडा नम्बर ५ का अध्यक्ष श्री काजी गुरुङ लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार