Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

    मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 237
    SHARES

    काठमाडौं । मलेसियाले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ ।

    अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो । म



    लेसियाका कप्तान विरनदीप सिंह ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।



    मलेसियालाई ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५.१ ओभरमा ३५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

    आमिर दीपेन्दसिंह ऐरीको बलमा १६ रनमा कट एण्ड बोल्ड आउट भएका थिए । त्यसपछि शर्विम मुनिआन्डी र विरनदीप सिंहले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए ।

    शर्विन अभिनाश बोहराको योर्करमा बोल्ड भए । उनले ३३ बलमा ३ चौका र २ छक्कासहित ४१ रन बनाए ।

    नेपालका दीपेन्द्रले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार