Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एसीसी प्रिमियर कप : नेपालको विजयी सुरुवात, मलेसिया पराजित

    एसीसी प्रिमियर कप : नेपालको विजयी सुरुवात, मलेसिया पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 858
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । ओमानको अल अमिरात क्रिकेट ग्राउन्डमा आज भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो ।

    मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो ।



    नेपालका कप्तान रोहित पौडेल र आसिफ शेखले समान ३२, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले नट आउट १९, सन्दीप जोराले नट आउट १२ रन बनाए । बलिङतर्फ मलेसियाका वीरनदीप सिंहले ३ विकेट लिए ।



    यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट १ सय ४३ रन बनायो । मलेसियाका कप्तान वीरनदीप सिंहले नट आउट ६८, शर्भिन मुनियन्दीले ४१ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले २ र अबिनाश बोहराले एक विकेट लिए ।

    यसअघि आजै भएको खेलमा घरेलु टोली ओमान र यूएईले विजयी शुरुवात गरेका छन् । ओमानले बहराइनलाई ३ रनले हरायो भने यूएईले कुवेतलाई ७ विकेटले हरायो ।

    प्रतियोगितामा नेपालले दोस्रो खेलमा पर्सि शनिवार कतारसँग, वैशाख ३ गते सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार