Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एसीसी प्रिमियर कप : आज कतारसँग खेल्दै नेपाल

    एसीसी प्रिमियर कप : आज कतारसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 900
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा कतारसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे शुरु हुनेछ ।

    हिजोदेखि शुरु भएको प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायो ।



    त्यस्तै प्रतियोगितामा हिजो भएका खेलमा घरेलु टोली ओमानसहित यूएई र हङकङले पनि विजयी शुरुवात गरेका छन् ।



    एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।

    यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार