Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कतारविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    कतारविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 330
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

    ओमानको अल अमरेत मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।



    ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले कतारको सामना गर्दैछ ।



    खेल नेपाली समयअनुसार, अपरान्ह ४ः१५ बजे सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो दोस्रो खेल हो ।

    जारी प्रतियोगितामा नेपाली टोली लगातार दोस्रो जितको खोजीमा छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।

    कतारविरुद्ध खेल्ने नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी,कुशल मल्ल र आसिफ शेख रहेका छन् । नेपालले शनिबारको खेलमा करण केसीको ठाउँमा विवेक यादवलाई खेलाउने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार