Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • इजरायललाई युद्धका लागि सहयोग गर्ने देशलाई नछाड्ने इरानको चेतावनी

    इजरायललाई युद्धका लागि सहयोग गर्ने देशलाई नछाड्ने इरानको चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 549
    SHARES

    काठमाडौं । इरानले आफ्नो देशमा आक्रमणका लागि जमिन तथा आकाश सहयोग गर्न दिने देशलाई नछाड्ने चेतावनी दिएको छ।

    इरानले इजरायललाई आक्रमण गरेसँगै यस्तो चेतावनी आएको हो । इरानमा आक्रमण गर्न कुनैपनि देशको आकाश तथा जमिन प्रयोग भएमा त्यो ठीक नहुने इरानले बताएको छ।



    इरानी रक्षामन्त्री महोमद रेजा अस्तियानीले अरबिक देशहरूलाई संकेत गरेर यस्तो चेतावनी दिएका हुन् । गत अप्रिल १ मा इजरायलले सिरियाको दमास्कसमा भएको इरानी महावाणिज्यदूतावासमा हमला गरेपछि इरानले आज प्रतिकार गरेको हो ।



    इरानले ३०० हाराहारी ड्रोन तथा मिसाइल इजरायलमा प्रहार गरेको छ । इरानी हमलालाई इजरायल, अमेरिकी तथा बेलायतले संयुक्तरूपमा मिलेर रक्षा गरेका थिए ।

    सबैजसो इरानी मिसाइल खसालिएको इजरायल र अमेरिकाको दाबी छ । तर, इरानले भने इजरायली सैन्य अखडामा उचित प्रहार गरेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार