Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हङकङविरूद्ध नेपालको चौथो सफलता, ललित राजबंशीले लिए विकेट

    हङकङविरूद्ध नेपालको चौथो सफलता, ललित राजबंशीले लिए विकेट

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 393
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले हङकङको चौथो विकेट लिएको छ।

    हङकङले चौथो विकेटका रुपमा बाबर हायातलाई गुमाएको हो ।



    बाबरलाई ललित राजबंशीले क्याच आउट गरे । यसअघि मात्रै गुलसन झाले ओपनर ब्याट्सम्यान अन्शु रथलाई उत्कृष्ट रन आउट गराएका थिए ।



    पेभेलियन फर्किनुअघि बाबरले ६ र अन्शुले २६ बलमा एक छक्का र चार चौकाको मद्दतले ३४ रन बनाएका थिए ।

    १० ओभरमा हङकङले ७० रन बनाएको छ । नेपालले टस जिती हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

    वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको थियो । जारी प्रतियोगितामा नेपालले खेलेको यो तेस्रो खेल हो ।

    यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार