Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

    हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 375
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई ११५ रनको मध्यम लक्ष्य दिएको छ ।

    अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ रोजेको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनायो ।



    वर्षाका कारण ढिलो गरी सुरु भएको खेल १८ ओभरमा झारिएको थियो। हङकङ ओपनर मार्टिन कोट्जेलाई करण केसीले तेस्रो ओभरमा ८ रनमा आसिफ शेखबाट क्याच गराए।



    यस्तै छैटौं ओभरमा हङकङका कप्तान निजाकत खानलाई दीपेन्द्रसिंह ऐरीले १२ रनमा रनआउट गरे। हङकङका लागि सबैभन्दा बढी रन बनाएका अंशुमन रथ पनि रनआउटको सिकार भए।

    उनलाई नवौं ओभरमा नेपालका गुल्सन झाले बाउन्ड्री नजिकबाट डाइरेक्ट हिटमार्फत् ३४ रनमा रनआउट गरे। बाबर हायतलाई ६ रन र एजात खान ७ रनमा ललित राजवंशीले आउट गरे।

    यस्तै यसिम मुर्ताजालाई २ रन र नास्रुल्ला रानालाई ६ रनमा अभिनास बोहराले आउट गरे। यस्तै बोहराले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा १७औं ओभरमा जीशन अलीलाई १४ रनमा दीपेन्द्रबाट क्याच गराए।

    दीपेन्द्रले १८औं ओभरको चौथो बलमा इशान खानलाई ११ रनमा बोल्ड गरे लगत्तै अर्को बलमा धनञ्जय रावलाई बोल्ड गरे।

    बलिङमा अभिनासले ३ विकेट लिए भने ललित र दीपेन्द्रले २/२ विकेट लिए। करण केसीले १ विकेट हात पारे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार