Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • खुकुरी प्रहारबाट श्रीमती घाइते, श्रीमान प्रहरी फन्दामा

    खुकुरी प्रहारबाट श्रीमती घाइते, श्रीमान प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 378
    SHARES

    फाइल तस्विर

    बागलुङ । बागलुङमा श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीलाई घाइते बनाएका छन्।

    बागलुङ नगरपालिका–२ का ३५ वर्षीय अर्जुनबहादुर सार्कीले ३२ वर्षीया श्रीमती गीता आलेलाई बुधबार राति खुकुरी प्रहार गरेका हुन् ।



    घाइते आलेको धौलागिरी अस्पताल बागलुङमा प्रथामिक उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।



    घरायसी विवादको कारण सार्कीले श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

    आर्जुनलाई प्रहरीले बुधबार राति नै पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार