Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान सुरु

    भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 303
    SHARES

    एजेन्सी । भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान सुरु भएको छ । लोकसभाको ५४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुनेछ ।

    विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिने भारतीय चुनावमा २५ सय भन्दा धेरै राजनीतिक दल सहभागी हुँदैछन् ।



    भारतीय जनता पार्टी (भाजपा), भारतीय राष्ट्रिय कांग्रेस, आम आदमी पार्टी, द्रविड मुनेत्र कझगम (डीएमके), अखिल भारतीय तृणमूल कांग्रेस (टीएमसी) लगायत मुख्य दलहरुबीच नै प्रतिस्पर्धा हुने अनुमान छ ।



    पहिलो चरणमा २१ राज्यका एक सय २ सिटमा मतदान हुन लागेको हो । मतदान बिहान ७ बजेदेखि शुरु भएर बेलुका ६ बजेसम्म चल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार