Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एसीसी प्रिमियर कप

    सेमिफाइनलबाटै बाहिरियो नेपाल, यूएईसँग ६ विकेटले पराजित

    सेमिफाइनलबाटै बाहिरियो नेपाल, यूएईसँग ६ विकेटले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 468
    SHARES

    काठमाडौं। साबिक विजेता नेपाल ओमान जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

    शुक्रवार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो ।



    टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो ।



    जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १७.२ ओभरमा केवल चार विकेट गुमाउँदै विजयलक्ष्य पुरा गर्‍यो ।

    अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित यही प्रतियोगिताको फाइनलमा यूएईलाई सात विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको थियो ।

    जारी प्रतियोगितामा अब नेपाली टोलीले ओमान र हङ्कङबिच हुने दोस्रो सेमिफाइनलको पराजित टोलीसँग तेस्रो स्थानका लागि भिडन्त गर्नेछ ।

    तेस्रो स्थानको खेल शनिबार खेलिने छ । सेमिफाइनलमा विजयी दुई टोलीबिच आइतबार उपाधि भिडन्त हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार