Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गृहमन्त्री लामिछानेले भने – प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छ

    गृहमन्त्री लामिछानेले भने – प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 288
    SHARES

    इलाम। गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् ।

    इलाम–२ को लारुम्बामा चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षमा हुँदा निभाएको भूमिका हेर्न कांग्रेसलाई आग्रह गरे।



    गृहमन्त्री लामिछानेले भने,‘भर्खरै केही साथीहरू प्रतिपक्षमा पुग्नु भएको छ । प्रतिपक्षमा पुग्ने बित्तिकै बर्बादै भयो । सकियो । आफ्ना कैयौं चिज थाहा हुने भयो भनेर अलिअलि बर्बराउन थाल्नुभयो होला । अलिअलि गनगन गर्न थाल्नुभयो होला।’

    रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुको पक्षमा मत माग्दै गृहमन्त्री लामिछानेले इलाम–२ का स्वास्थ्य चौकी, अस्पताल बाटो हेरेर ३० वर्षमा पुराना पार्टीहरूले गरेको काम देखिने बताए ।

    अस्तित्व र पहिचान रास्वपाले स्वीकारेको उनले मतदातासँग प्रतिवद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार