Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इलाम पुगेर तरुण दलका अध्यक्ष गुरुङले भने – अन्तर्घात गर्नेलाई बोरामा हालेर फ्याँकिदिनू

    इलाम पुगेर तरुण दलका अध्यक्ष गुरुङले भने – अन्तर्घात गर्नेलाई बोरामा हालेर फ्याँकिदिनू

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 2.2K
    SHARES

    इलाम । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई जिताउन एकजुट हुनुपर्ने बताएका छन् ।

    वैशाख १५ को उपचुनावको सन्दर्भलाई लिएर इलामको तरुण भेलालाई संम्बोधन गर्दै अध्यक्ष गुरुङले यस्तो बताएका हुन् ।



    अध्यक्ष गुरुङले यदि नेपाली कांग्रेसकै मत बाँडिने सम्भावना रह्यो भने तरुणहरूले रोक्नुपर्ने बताए ।



    अरु कुनै पनि पार्टीले इलामको विकास गर्न नसक्ने जिकिर गर्दै अध्यक्ष गुरुङले डम्बर नै यहाँको लागि उपयुक्त व्यक्ति भएको बताए ।

    अध्यक्ष गुरुङले भने,‘पार्टीभित्र अन्तर्घात हुने अवस्था देखिए त्यस्तो व्यक्तिलाई बोरामा हालेर वारिबाट पारि कान्लामा पुग्ने गरी फाल्दिए हुन्छ सम्पूर्ण जिम्मा म लिन्छु।’

    कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतक गोपाल तामाङ, प्रदेश सांसद माननीय खगेनसिंह हाङामले सम्बोधन गरेका थिए ।

    तरुण दल केन्द्रीय सदस्यहरूको तर्फबाट निरज निरौलाले इलाममा डम्बर खड्काको विकल्प नभएको दाबी गरे ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार