Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एआइजी तामाङ १६ महिनादेखि एउटै विभागमा

एआइजी तामाङ १६ महिनादेखि एउटै विभागमा

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं । गत वर्ष चैतमा बढुवा भएका नेपाल प्रहरीका केही एआइजीले तीन वटा महत्वपूर्ण कमाण्ड पाइसकेका छन् ।

तर, एक एआइजी भने १६ महिनादेखि एउटै विभागमा छन् । एआइजी टेकबहादुर तामाङले बढुवा भएदेखि अहिलेसम्म एउटै महत्वपूर्ण कमाण्ड पाएका छैनन्।

२०८० को चैतदेखि उनी अपराध अनुसन्धान विभागमा कार्यरत छन् । गत मंगलबार सरकारले तीन एआइजीको सरुवा गरेको थियो ।

जसमा तामाङलाई कुनै महत्वपूर्ण जिम्मेवारी पाउने आकलन प्रहरी अधिकारीको थियो । तर, उनको सरुवा भएन । अपराध अनुसन्धान विभाग महत्वपूर्ण कमाण्ड मानिदैन ।

राजनीतिक नेताको ढोका नधाएकाले नै उनले अवसर नपाएको चर्चा प्रहरी प्रधान कार्यालयमा छ ।

जबकी जाँचबुझ आयोगले समेत कमाण्डमा असक्षम भनेर कारबाही सिफारिस भएकी एआइजी किरण बज्राचार्यलाई सिआइबीपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व दिइएको छ ।

प्रहरीको उच्च तहमै यो तहको राजनीतिकरण छ भने तल्लो तहको अवस्था के होला ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077